पत्रकारविरुद्ध दर्ता गरिएको उजुरी फिर्ता लिन प्रेस सेन्टर नेपालको माग, आन्दोलनको चेतावनी
सिन्धुली १३ साउन ÷ प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले पत्रकार बुद्ध नेपालीविरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता गरिएको उजुरी तत्काल विनाशर्त फिर्ता लिन माग गरेको छ। समाचार प्रकाशनको विषयलाई लिएर प्रशासनिक निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गर्दै समितिले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
.png)
बुधबार महासचिव नवीन श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा रेडियो विजयकिल्ला तथा विजयकिल्ला टेलिभिजन एचडीका स्टेशन म्यानेजर तथा पत्रकार बुद्ध नेपालीले २०८२ कात्तिक १७ गते प्रकाशित गरेको समाचारका विषयमा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएको र उक्त उजुरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रेस सेन्टरले समाचार सङ्कलन, लेखन तथा प्रकाशन पत्रकारको संवैधानिक तथा कानुनी अधिकारभित्र पर्ने पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भए त्यसको निरूपणका लागि कानुनले व्यवस्था गरेका निकाय र प्रक्रियाको प्रयोग गर्नुपर्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रकारविरुद्ध उजुरी दर्ता गरिनु गैरकानुनी भएको र यसले स्वतन्त्र प्रेसमाथि अनावश्यक दबाब सिर्जना गरेको समितिको भनाइ छ।
विज्ञप्तिमा पत्रकारमाथि गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण वा दबाबमूलक कारबाही संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारविपरीत हुने उल्लेख गरिएको छ। समाचार प्रकाशनकै आधारमा पत्रकारलाई मानसिक दबाब दिने, पेशागत असुरक्षा सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने प्रयास नगर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समितिले आग्रह गरेको छ।
प्रेस सेन्टर नेपालले पत्रकार बुद्ध नेपालीविरुद्ध दर्ता गरिएको उजुरी तत्काल विनाशर्त फिर्ता लिन माग गर्दै आफ्नो माग बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, लोकतान्त्रिक समाजमा प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारितामाथि हुने कुनै पनि अनुचित हस्तक्षेप स्वीकार्य नहुने समितिले स्पष्ट पारेको छ।
देशव्यापी नवप्रवर्तन कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस प्रथम
सिन्धुली ८ भाद्र २०८३ देशव्यापी व्यवसायिक नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ। सुनसरीको
पहिलो भेलामै रचनात्मक काम, रमाइलो डाँडाटोलमा ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण
सिन्धुली ७ भदौ ०८३ सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित रमाइलो डाँडाटोल टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक आइतबार
नवीकरणकै लागि धाउनुपर्ने बाध्यता हट्यो, विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
सिन्धुली २९ साउन ०८३ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी र अभिभावकले घरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कमलामाई नगरपालिकाले






प्रतिकृया दिनुहोस