पत्रकार बुद्ध नेपालीविरुद्धको उजुरी फिर्ता लिन चौतारीको माग
सिन्धुली, १३ साउन ०८३
प्रेस चौतारी नेपाल, सिन्धुली शाखाले पत्रकार बुद्ध नेपालीविरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता गरिएको उजुरी तत्काल विनाशर्त फिर्ता लिन माग गरेको छ । समाचार प्रकाशनसँग सम्बन्धित विषयलाई प्रशासनिक प्रक्रियामार्फत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै चौतारीले सम्बन्धित निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर मात्रै काम गर्न आग्रह गरेको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।
बुधबार प्रेस चौतारी नेपाल, सिन्धुली शाखाका अध्यक्ष वाई.पी. विनयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा इमेज टेलिभिजन र नेपाल समाचारपत्रका जिल्ला संवाददाता तथा रेडियो विजयकिल्ला एवं विजयकिल्ला टेलिभिजन एचडीका स्टेशन म्यानेजर बुद्ध नेपालीले २०८२ कात्तिक १७ गते प्रकाशन गरेको समाचारका सम्बन्धमा घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी दर्ता गराएको र सो उजुरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारीले समाचार सङ्कलन, लेखन तथा प्रकाशन पत्रकारको संवैधानिक तथा कानुनी अधिकारभित्र पर्ने पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित वा प्रसारित सामग्रीप्रति असहमति भए त्यसको कानुनबमोजिम न्यायिक निरूपण गर्ने सम्बन्धित निकाय विद्यमान रहेको जनाएको छ । त्यस अवस्थामा जिल्ला प्रशासन कार्यालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउनु गैरकानुनी, आपत्तिजनक तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको चौतारीको ठहर छ ।
विज्ञप्तिमा पत्रकारमाथि गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण वा दबाबमूलक कारबाही लोकतान्त्रिक मूल्य(मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारको मर्मविपरीत हुने उल्लेख गरिएको छ । यस्ता गतिविधि तत्काल रोक्न तथा समाचारको विषयलाई लिएर क्षेत्राधिकारबाहिर गई कुनै पनि प्रकारको प्रक्रिया अगाडि नबढाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग जोडदार माग गरिएको छ ।
प्रेस चौतारी नेपालले स्वतन्त्र प्रेसमाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट गर्दै समाचारका कारण पत्रकारमाथि मानसिक दबाब सिर्जना गर्ने, पेशागत असुरक्षा उत्पन्न गर्ने तथा स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने कुनै पनि कार्य नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता गरिएको उजुरी विनाशर्त तत्काल फिर्ता लिन सम्बन्धित पक्षसँग अपिल गरिएको छ ।
मागको सुनुवाइ नभए प्रेस चौतारी नेपाल चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले नै वहन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले पत्रकारितामाथि हुने कुनै पनि प्रकारको अनुचित हस्तक्षेप स्वीकार्य नहुने पुनः दोहोर्याइएको छ ।
देशव्यापी नवप्रवर्तन कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस प्रथम
सिन्धुली ८ भाद्र २०८३ देशव्यापी व्यवसायिक नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ। सुनसरीको
पहिलो भेलामै रचनात्मक काम, रमाइलो डाँडाटोलमा ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण
सिन्धुली ७ भदौ ०८३ सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित रमाइलो डाँडाटोल टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक आइतबार
नवीकरणकै लागि धाउनुपर्ने बाध्यता हट्यो, विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
सिन्धुली २९ साउन ०८३ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी र अभिभावकले घरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कमलामाई नगरपालिकाले





प्रतिकृया दिनुहोस