• बुधबार ५-१०-२०८३/Wednesday 08-26-2026

प्रेस स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ सिन्धुलीको आग्रह

सिन्धुली, १३ साउन ०८३

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पत्रकार बुद्ध नेपालीविरुद्ध समाचार प्रकाशनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता गरिएको उजुरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले समाचारप्रति असहमति भए कानुनले तोकेको निकायमार्फत समाधान खोज्नुपर्नेमा पत्रकारमाथि उजुरी दर्ता गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अनावश्यक दबाब भएको जनाएको छ।

 

बुधबार जारी विज्ञप्तिमा पत्रकार बुद्ध नेपालीले २०८२ कात्तिक १६ गते घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले सरकारी गाडी फिर्ता गरेको विषयमा समाचार प्रकाशन गरेपछि सोही विषयलाई लिएर साउन ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरिएको उल्लेख छ।

महासंघले समाचार सङ्कलन, लेखन र प्रकाशन पत्रकारको संवैधानिक तथा कानुनी अधिकारभित्र पर्ने पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित सामग्रीप्रति असहमति भए कानुनी र संस्थागत संयन्त्रमार्फत समाधान खोज्नुपर्ने जनाएको छ। समाचार लेखेकै आधारमा पत्रकारमाथि उजुरी दर्ता गरिनुले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने महासंघको ठहर छ।

 

महासंघले यस्ता घटनाले सञ्चारकर्मीमा मानसिक दबाब र पेशागत असुरक्षा बढाउने भन्दै पत्रकारको संवैधानिक अधिकार, प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, पत्रकारितामाथि हुने कुनै पनि प्रकारका अनुचित हस्तक्षेप र दबाबविरुद्ध सबै सरोकारवालालाई एकजुट हुन अपिल गरेको छ।

 

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटा र सचिव नबिन बाबु अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र पत्रकारिताको संरक्षण लोकतान्त्रिक समाजको आधारभूत आवश्यकता भएकाले त्यसको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस

देशव्यापी नवप्रवर्तन कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस प्रथम

सिन्धुली ८ भाद्र २०८३   देशव्यापी व्यवसायिक नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ। सुनसरीको

पहिलो भेलामै रचनात्मक काम, रमाइलो डाँडाटोलमा ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण

सिन्धुली ७ भदौ ०८३ सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित रमाइलो डाँडाटोल टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक आइतबार

नवीकरणकै लागि धाउनुपर्ने बाध्यता हट्यो, विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

सिन्धुली २९ साउन ०८३ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी र अभिभावकले घरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कमलामाई नगरपालिकाले