नवीकरणकै लागि धाउनुपर्ने बाध्यता हट्यो, विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
सिन्धुली २९ साउन ०८३
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी र अभिभावकले घरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कमलामाई नगरपालिकाले विद्यालयमै पुगेर सेवा दिएको छ । कमलामाई नगरपालिका–६, जसेदमारस्थित श्री नवज्योति बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण विद्यालय परिसरमै पुगेर गरिएको हो ।
कमलामाई नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले विद्यालयमै पुगेर विद्यार्थीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक विजय तामाङले जानकारी दिनुभयो ।
विभिन्न जिल्लाबाट आएर विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सामाजिक सुरक्षा भत्ता नवीकरणकै लागि धाउनु पर्ने अवस्था हुँदा समय, खर्च र यात्राको झन्झट व्यहोर्नुपर्ने अवस्था थियो । विशेष गरी सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई हुने असहजतालाई ध्यानमा राख्दै नगरपालिकाले विद्यालयमै पुगेर सेवा उपलब्ध गराएको हो ।
प्रधानाध्यापक तामाङका अनुसार विद्यालयमै सेवा उपलब्ध भएपछि विद्यार्थी तथा अभिभावकलाई नवीकरणका लागि छुट्टै यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । यसबाट विद्यार्थीको अध्ययनमा समेत असर नपर्ने र सेवा लिन सहज भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले नागरिकलाई सहज, सुलभ र झन्झटरहित ढङ्गले सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यअनुसार विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा दिएको जनाएको छ ।
कमलामाई नगरपालिकाले आगामी दिनमा पनि सेवाग्राहीको अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै सेवा लिन कार्यालय धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गरी सेवा प्रवाहलाई थप सहज र पहुँचयोग्य बनाउने नीति अघि बढाउने जनाएको छ ।
देशव्यापी नवप्रवर्तन कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस प्रथम
सिन्धुली ८ भाद्र २०८३ देशव्यापी व्यवसायिक नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ। सुनसरीको
पहिलो भेलामै रचनात्मक काम, रमाइलो डाँडाटोलमा ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण
सिन्धुली ७ भदौ ०८३ सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित रमाइलो डाँडाटोल टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक आइतबार
प्रेस स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ सिन्धुलीको आग्रह
सिन्धुली, १३ साउन ०८३ नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पत्रकार बुद्ध नेपालीविरुद्ध समाचार प्रकाशनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय





प्रतिकृया दिनुहोस