देशव्यापी नवप्रवर्तन कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस प्रथम
सिन्धुली ८ भाद्र २०८३
देशव्यापी व्यवसायिक नवप्रवर्तनसम्बन्धी कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गरेको छ।
सुनसरीको इटहरीमा आयोजित आईसीसी इन्नोभेक्सको चौथो संस्करणमा देशभरका एक दर्जनभन्दा बढी क्याम्पसको सहभागिता रहेकोमा सिन्धुली बहुमुखी क्याम्पस प्रथम भएको हो। प्रथम स्थान हासिल गरेसँगै क्याम्पसले नगद पुरस्कारसहित शिल्ड प्राप्त गरेको जनाइएको छ।
सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापन समितिले विजेता विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने हेतुले आज सम्मान कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरू गगन तिमल्सिना, अन्जली पण्डित, दीपक फुयाल र सुरक्षा खड्कालाई खादा माला तथा आर्थिक उपहार सहित सम्मान गरिएको छ ।
.png)
सिन्धुली बहुमुखी क्याम्पस परिसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूले इन्नोभेक्सको चौथो संस्करणमा आफू सहभागी हुँदाको अनुभव साटासाट गरेका थिए । उनीहरूले प्रस्तुत गरेर प्रथम भएको भिडियो समेत प्रहसन गरिएको थियो । जसमा सिन्धुलीको युवा विदेश पलायनताका सवाल तथा सिन्धुलीको जुनारको व्यावसायिक सक्षमताको बारेमा उल्लेख भएको थियो ।
आफ्ना कुराहरू प्रस्तुत गर्ने क्रममा सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दाहालले शैक्षिक गुणस्तर कायम गराउन संस्थाले सबै प्रकारको पहल गर्ने, विद्यार्थीका हक हितका निम्ति अक्षय कोषको थप बिस्तार गर्ने तथा समग्र शैक्षिक सुधारको गुरुयोजनाको बारेमा जोड दिनुभयो ।
.png)
क्याम्पस प्रमुख दुर्गाप्रसाद अधिकारीले शैक्षिक प्रवर्द्धनका निम्ति रिसर्च कार्यक्रमहरूमा ध्यान दिँदै यस्ता कार्यक्रम आगामी दिनहरूमा आफूहरूले समेत सञ्चालन गर्ने बारे जानकारी गराउनुभयो ।
क्याम्पस प्रमुख दुर्गा प्रसाद अधिकारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख श्री उमेश कोइरालाले गर्नु भएको थियो ।
पहिलो भेलामै रचनात्मक काम, रमाइलो डाँडाटोलमा ६ सयभन्दा बढी सयपत्रीका बिरुवा वितरण
सिन्धुली ७ भदौ ०८३ सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित रमाइलो डाँडाटोल टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको पहिलो भेला तथा बैठक आइतबार
नवीकरणकै लागि धाउनुपर्ने बाध्यता हट्यो, विद्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
सिन्धुली २९ साउन ०८३ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विद्यार्थी र अभिभावकले घरसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कमलामाई नगरपालिकाले
प्रेस स्वतन्त्रताको सम्मान गर्न पत्रकार महासंघ सिन्धुलीको आग्रह
सिन्धुली, १३ साउन ०८३ नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले पत्रकार बुद्ध नेपालीविरुद्ध समाचार प्रकाशनको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय





प्रतिकृया दिनुहोस